Comments Add Comment

शव निकाल्ने क्रममा डुबेर प्रहरी जवानको मृत्यु

२७ असार, पोखरा । माछा मार्ने क्रममा डुबेर बेपत्ता भएकाको शव निकाल्ने क्रममा पोखरामा एक प्रहरी जवानको ज्यान गएको छ । सोमबार अपराह्न करिब ४ बजे पोखरा लेखनाथ महानगरपालिका–१८ स्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका २४ वर्षीय युवा ललित पुनको शव निकाल्ने क्रममा प्रहरी जवान बलबहादुर कुँवरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, पोखरा हेमजा घर भएका कुँवर नेपाल प्रहरीको रेस्क्यू टिमका सदस्य हुन् ।

सोमबारदेखि हर्पन खोलामा डुबेर बेपत्ता भएका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरका ललित पुन र इन्द्र पुनको शव खोजी गर्न प्रहरी सहायक निरीक्षक रामु भण्डारीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो ।

बेपत्ताद्वयको शव तैरिएको अवस्थामा देखेपछि शव निकाल्नका लागि कुँवर खोलामा हामफालेका थिए । तर शव रहेको ठाउँको तल्लो तहमा दलदले हिलो माटो रहेकाले कुँवर त्यहीँ भासिएको र पछि उद्धार गरेर गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि ल्याइए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment