Comments Add Comment

अमेरिकामा झल्कियो जीवन र हिराको ‘चोखो माया’


नेपाली चलचित्रका कुनै बेलाका चर्चित नायक जीवन लुइटेल अहिले अमेरिकामा छन् । जीवन अहिले नेपाल भन्दा बढी अमेरिकामा नै बसोबास गर्दै आएका छन् । अमेरिकामा रहेको समयमा जीवनले म्यूजिक भिडियोमा पनि मोडलिङ गर्दै आएका छन् ।

उनै, जीवनलाई निर्देशक श्याम भट्टराइले एक म्यूजिक भिडियोमा मोडलिङ गराएका छन् । ‘चोखो छ माया’ बोलको गीतको भिडियोमा जीवनसँग अमेरिकामा नै रहँदै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् ।

भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ । हिराले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो । उनले, आफू अब निरन्तर कलाकारितामा लाग्ने समेत बताइन् ।

गीतमा आस्था राउतको स्वर, हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायको शब्द छ । भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ । गीतमा एक यूवतीले एक यूवकप्रति देखाएको चोखो मायाको भावलाई व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment