Comments Add Comment

न्यूयोर्कमा एनआरएन अमेरिकाका उम्मेदवारवीच मस्तिष्क मन्थन

१४ जुलार्इ, न्यूयोर्क । आगामी जूलाई २९ तारिखका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएन युएसए)को चुनावका उम्मेदवारहरुवीच बृहत मस्तिष्क मन्थन गरिने भएको छ ।

हाल एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवारवीच ४ पटक बहस कार्यक्रम सम्पन्न भइसकेको छ । तर, अन्य उम्मेदवारहरुवीच पृथक बहस अहिलेसम्म नगरिएको अवस्थामा एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवार बाहेकका उम्मेदवारहरुवीच बृहत मस्तिष्क मन्थन (ब्रेनस्ट्रोमिङ्ग) गर्न लागिएको हो ।

अध्यक्ष बाहेक अन्य उम्मेदवारहरुको अनुरोध र आग्रहलाई मध्यनजर गर्दै अन्य उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता ,कार्यसूची, योजना, मार्गचित्र, विचारहरु समेत सार्वजनिक रुपमा राख्न पाउन भनी यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका परिकल्पनाकार तथा कार्यक्रम प्रस्तोता सच्ची मैनालीले बताइन ।

सबैले समान अवसर पाउन भन्ने पवित्र उद्देश्यको साथ समाजमा सकारात्मक संदेश जाओस भन्ने अभिप्रायले मस्तिष्क मन्थन (ब्रेनस्ट्रोमिङ्ग)को आयोजना गरिएको मैनालीले जानकारी गराइन ।

मैनालीले भनिन्,’यसमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार बाहेकलाई मात्र आमन्त्रण गरिने र धेरै उम्मेदवार मैदानमा उत्रिएकोले सहभगिता राम्रो हुने अपेक्षा छ ।’

मस्तिष्क मन्थन अलिक फरक प्रस्तुतिमा हुने छ भने आफ्ना प्रतिबद्धता तथा बिबिध कुराहरु मात्र नराखी एनआरएन युएसएलाई कसरी विश्वकै नमूना तथा उत्कृष्ठ बनाउने बारेमा उम्मेदवारहरुले आ-आफ्नो तर्फबाट निश्चित तार्किक बिन्दुमा पुर्‍याउन मार्ग चित्र (रोड म्याप) बनाउन सकुन भन्ने हेतुले यो फरक मन्थन राखिएको हो ।

अमेरिकाभरका जो कोही उम्मेदवार आईसीसी सदस्य समेतलाई समेटिएकोले आउन इक्षा गरे उनीहरुले ठूलो मौका पाउने छन् ।

उनीहरुभित्र रहेका प्रतिभा,योजना र नेतृत्व क्षमताको समेत प्रत्यक्ष रुपमा प्रस्फुटित हुने हुनाले दर्शक तथा अमेरिकामा रहेका एनआरएन सदस्यहरुले नेतृत्वको गुण,योग्यताको मूल्यांकन समेत गर्दै निर्वाचनमा समेत बिजयी बनाउने समेत निर्णय गर्ने छन् ।

एकै थलोमा सबै जम्मा हुने सुनौलो मौका भएकोले एनआरएन एनसीसी अध्यक्षका उम्मेवार बाहेक सवैलाई आमन्त्रण सामाजिक संजाल मार्फत दिइएको छ ।

न्यूयोर्क स्थित ओं शान्ति मन्दिरमा आयोजना हुने मष्तिस्क मन्थन ठिक ३ बजे हुने छ भने सहभागी हुने उम्मेदवारले प्रस्तोता सच्ची मैनालीसंग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने आग्रह गरेकी छिन् ।

मस्तिष्क मन्थनको आयोजना डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजले गर्ने छ भने कार्यक्रम प्रस्तोता ईनेप्लिजकी रेजिडेन्ट सम्पादक सच्ची मैनालीले गर्ने छिन् ।

मैनालीले ५ घण्टासम्म अनवरत रुपमा धित मर्ने गरी मार्गचित्र बनाउन राम्रा र आदर्श कुराहरु राख्न पाइने हुनाले समय व्यवस्थापन गर्न सकिने भए सबै उम्मेदवारहरुलाई सहभागी हुन भन्दै आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment