Comments Add Comment

राष्ट्रिय मुद्दामा सबै दल एक हुनुपर्छः कांग्रेस नेता सिंह

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै राजनीतिक दलहरु राष्ट्रिय मुद्दामा एक भएर अघि बढ्नुपर्ने बताएका छन् । हालसम्मको राजनीतिक परिवर्तन सबै दल मिलेरमात्र सम्भव भएको भन्दै उनले परिवर्तन संस्थागत गर्न दलहरु मिल्नुपर्नेमा जोड दिए ।

नागार्जुन नगरपालिकाको प्रथम नगरपरिषद उदघाटन तथा बजेट सार्वजनिककरण समारोहमा बोल्दै कांग्रेस नेता सिंहले भने, ‘अहिले मुलुक राजनीतिक अस्थिरता उन्मुख भएकाले दलहरु बिभाजन हैन राष्ट्रिय मुद्दामा एक भएर मुलुकका समस्या समाधानमा जुट्नुपर्छ ।’

दलगत स्वार्थ त्यागेर मिलेर अघि बढ्न उनले दलहरुलाई आग्रह गरे । संघियता कार्यान्वयन र संविधानको स्वीकार्यता बढाउदै लान सकेमात्र हाल उठेका असहमितिका आवाजहरु कम हुँदै जाने भएकाले त्यसतर्फ सबैले ध्यान केन्दि्रत गर्नुपर्नेमा नेता सिंहको जोड थियो ।

स्थानीय चुनाबको कारण जनतामा आएको उत्साह मर्न दिनु हुँदैन भन्दै उनले त्यसका लागि जनप्रतिनिधिहरुले जिम्मेवार भएर जनमुखी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आफुहरु दिनरात जनताको घरदैलोमा पुगेर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नगरपालिकाले ९१ करोडको बजेट सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment