Comments Add Comment

सामुदायीक वन राष्ट्रिय पुरस्कार छापगैंडा नुवाकोटलाई

३० असार, काठमाडौं । सरकारले वन क्षेत्रको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकाहरुलाई नगदसहित सम्मान गरेको छ । वन विभागले शुक्रबार काठमाडौंमा कार्यक्रम गरी सामुदायिक वन राष्ट्रिय पुरस्कार, कबुलियत वन समूह राष्ट्रिय पुरस्कार र निजी वन राष्ट्रिय पुरस्कार वितरण गरेको हो ।

यस वर्षको सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार छापगैंडा सामुदायिक वन उपभोक्ता समूह नुवाकोटले र कवुलियत वन प्रथम राष्ट्रिय पुरस्कार मिलीजुली कवुलियती वन समूह पाल्पाले पाएका छन् । ति वन समूहलाई नगद १ लाखसहित सम्मान गरिएको छ ।

निजी वन प्रथम राष्ट्रिय पुरस्कार भने इलामका कुसुम दाहालले पाएका छन् । उनलाई नगद ७५ हजारसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले पुरस्कार वितरण गरेका थिए ।

वन विभागले हरेक वर्ष वन क्षेत्रको विकासमा योगदान पुर्‍याउनेहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment