Comments Add Comment

लागूऔषधसहित बालक पक्राउ

१ साउन, नवलपरासी । इलाका प्रहरी कार्यालय नवलपुरले लागू औषधसहित एक जना १४ बर्षीय बालकलाई नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर उपमहानगरपालिका-९ निवासी ती बालकलाई प्रहरीले आइतबार कावासोतीबाट लागू औषधसहित पक्राउ गरेको हो ।

ना ४ ख ५५४५ नम्बरको बसमा नारायणगढतर्फ जांदै गरेका उक्त बालकको साथबाट प्रहरीले नाइट्रोजन एक सय पिस, पेनेरागन १० पिस, सेरेज्याक १० पिस, टल्गेशल नामक आगू औषध १० र सिरिन्ज ४ पिस सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालकलाई इलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरीको संरक्षणमा राखेर अनुसन्धान थालिएको छ ।

उनलाई लागू औषध कारोवारीहरुले ओसारपोसारमा प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त लागू औषध नेपाल भारतको सीमावर्ती भारतीय बजारबा नेपाल ल्याइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment