
१ साउन, वीरगञ्ज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् ।
वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पारे । यद्यपि वैवाहिक अंगीकृत नागरिकता लिएकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने उनले बताए ।
नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको भन्दै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।
निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उनले स्पष्ट पारे ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4