Comments Add Comment

रुपन्देहीमा करिब साढे ४ अर्ब बजेट फ्रिज


१ साउन, भैरहवा । रुपन्देहीमा गत आर्थिक वर्ष ०७३/०७४ मा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैया बजेट फ्रिज भएको छ ।

आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी जिल्लाबाट संकलित राजश्व तथा खर्च सार्वजनिक गरेको छ । जसमा करिब ४ अर्ब रुपैयाँ बजेट फ्रिज भएको देखिएको छ ।

पुँजिगत तर्फ ठूलाठूला विकासे अड्डाहरुले समयमा बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीको अनुसार कुल बजेट १९ अर्ब ९२ करोड २१ लाख ९२ हजार ७ सय १७ रुपैयाँ रहेकोमा १५ अर्ब ४९ करोड ९३ लाख ९८ हजार १ सय ४४ रुपैयाँ खर्च भएको छ । खर्च भएको बजेट बजेटको कुल ७७ दशमलव ७९ प्रतिशत रकम हो ।

आर्थिक वर्ष ०७३/०७४ मा पुँजिगत तर्फ ८ अर्ब ९१ करोड २९ लाख ४५ हजार ७१ रुपैयाँ बिनियोजन भएकोमा ६ अर्ब ७० करोड ४० लाख ८ हजार ४ सय ९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका निमित्त प्रमुख खिमप्रसाद अर्यालले जानकारी दिए । यो पुँजिगत बजेटको ७५ दलमलव २१ प्रतिशत खर्च हो ।

त्यस्तै चालु तर्फ कुल ११ अर्ब ९२ लाख ४७ हजार ६ सय ४५ रुपैया बजेट बिनियोजन भएकोमा ८ अर्ब ७९ करोड ५३ लाख ८९ हजार ७ सय ३५ रुपैया खर्च भएको निमित्त प्रमुख अर्यालले बताए ।

गत आर्थिक बर्ष ०७२/०७३ मा पुँजिगत तर्फ ४ अर्ब १३ करोड ६२ लाख ७२ हजार ८ सय ४६ रुपैयाँ बिनियोजन भएकोमा ३ अर्ब ४४ करोड ७८ लाख ९८ हजार ९ सय ५० रुपैयाँ खर्च भएको थियो । यो पुँजिगत बजेटको ८३ प्रतिशत खर्च हो ।

त्यस्तै गत आव ०७२/०७३ मा चालु तर्फ ६ अर्ब ६७ करोड ९७ लाख ९१ हजार ७ सय १८ रुपैयाँ बजेट बिनियोजन भएकोमा ६ अर्ब ८ करोड ९१ लाख ५२ हजार ८ सय ४४ रुपैया खर्च भएको थियो । यो चालु बजेटको ९१ प्रतिशत खर्च हो ।

अघिल्लो आर्थिक बर्ष ०७२/०७३ मा रुपन्देहीमा १ अर्ब २७ करोड ९२ लाख १२ हजार ७ सय ६९ रुपैया बजेट फ्रिज भएको थियो ।

राजश्व संकलनमा वृद्धि

रुपन्देहीमा आर्थिक बर्ष ०७३/०७४ मा राजस्व संकलन वृद्धि भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार राजश्व संकलन ६ दशमलव ५९ प्रतिशतले वृद्धि भएको हो ।

रुपन्देहीमा आव ०७३/०७४ मा ७९ अर्ब ८३ करोड ६९ लाख ६७ हजार ५ सय ७९ रुपैयाँ राजश्व संकलन भएको निमित्त प्रमुख अर्यालले जानकारी दिए ।

गत आव ०७२/०७३ मा ७४ अर्ब ९० करोड ७ लाख १४ हजार ६६ रुपैयाँ राजश्व संकलन भएको थियो ।

राजश्व संकलन गर्ने मध्ये सबैभन्दा बढी आन्तरीक राजश्व कार्यालय भैरहवाले राजश्व संकलन गरेको छ । उसले गत आव ०७३/०७४ मा ४३ अर्ब ६३ करोड ५२ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment