Comments Add Comment

फेडेररले जिते कीर्तिमानी आठौं विम्बल्डन उपाधि

१ साउन, काठमाडौं । रोजर फेडेररले कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा स्वीस स्टार फेडेररले मरिन सेलिसलाई ६-३, ६-१ र ६-६ को सेटमा पराजित गरेका हुन् ।

यससँगै उनी विम्बल्डन टेनिसको उपाधि आठौं पटक जित्ने पहिलो खेलाडी बनेका छन् । उनले २०१२ पछि पहिलो पटक विम्बल्डनको उपाधि जितेका हुन् ।

यसका लागि उनले १ घन्टा ४१ मिनेट खर्चिए ।

साथै ३५ वर्षीय फेडेररले ग्राण्डस्लाम उपाधिको संख्या १९ पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment