Comments Add Comment

त्रुटीपूर्ण विज्ञापन छापेको भन्दै पत्रिकाको कार्यालयमा तालाबन्दी

२ साउन, उर्लाबारी । पत्रिकाका प्रकाशित विज्ञापनमा गल्ती भएको भन्दै मोरङको उर्लाबारीबाट प्रकाशित राष्ट्रिय समाचार पत्र दैनिकको कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ ।

पत्रिकाको सोमबारको अंकमा प्रकाशित बिज्ञापनप्रति आपत्ति जनाउँदै कांग्रेस उर्लाबारीको वडा नम्बर ७ ले पत्रिकाको कार्यालयमा तालाबन्दी गरेको हो । बिहान १० बजे एक दर्जन बढी कांग्रेस कार्याकर्ताले पत्रिकाको कार्यालय घेराउ गरी तालाबन्दी गरेका हुन् ।

वडा संयोजक टंक काफ्लेले हस्ताक्षर गरी वडा नम्बर ७ बाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी विरवल थापाको चारित्रिक हत्या गर्ने उदेश्यसाथ पत्रिकाले बिज्ञापन प्रकाशित गरेको भन्दै तालाबन्दी गरिएको बताए ।

पत्रिकाको बिज्ञापनमा वडा अध्यक्षमा विजयी थापाले मतदाता एवम् कार्यकर्ताप्रति आभार प्रकट गरेका थिए । तर, प्रकाशित बिज्ञापनमा कांग्रेसका नगर सभापति समेत रहेका थापा नेकपा (एमाले)को तर्फबाट विजयी भएको भन्ने त्रुटी भएको थियो ।

पत्रिकामा तालाबन्दी भएपछि जिल्ला शाखा सदस्य समेत रहेका उर्लाबारी डेटलाइनका पत्रकार सुमन घिमिरेले पत्रकार महासंघमा खबर गरेका थिए । समस्या समाधानका लागि समन्वय गर्ने काम भइरहेको नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment