Comments Add Comment

मुग्लिन-नारायणगढ सडकको दुरावस्थाले चितवनमा पर्यटक घटे

३ साउन, काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डको दुरावस्थाका कारण चितवनमा पर्यटकको संख्यामा गिरावट आएको छ । पर्यटकको संख्यामा गिरावाट आएसँगै त्यहाँका होटलमा अकुपेन्सी घटेको होटल व्यवसायी संघ-हान) ले जनाएको छ ।

नियमित रुपमा यातायात अवरुद्ध भएको हुँदा चितवनको सौराहा क्षेत्रका होटल, रिसोर्ट लज लगायतमा पर्यटकको बुकिङ घटेको हो ।

यो सडकखण्डका कारण समस्त पर्यटन क्षेत्रमा नै नकारात्मक असर परेको भन्दै सोमबार हानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीसँग सुधारका उपायका बारेमा छलफल गरेको छ ।

सडक बिग्रेपछि होटलमा पर्यटक बढाउन व्यवसायीले अहिले आकर्षक छुटका प्याकेजहरु ल्याउन लागेका छन् । विमान कम्पनीसँगै मिलेर ल्याउने यस्ता प्याकेजको मूख्य उद्देश्य चितवनमा पर्यटक बढाउने भएको हानले जनाएको छ ।

होटल संघ नेपालको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजना भएको सो बैठकमा मन्त्रालयका उच्च अधिकारी, सडक विभाग, नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर, यति एयरलाइन्सका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सोहि बैठकमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मुग्लिन नारायणघाट राजपथ आउँदो अपि्रल २०१८ सम्म पूर्ण रुपमा सञ्चालनमा आउने तथा यातायातको चाप घटाउन खाली र्फकने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment