Comments Add Comment

बोलबम यात्रीको पशुपति दर्शन (फोटो फिचर)

९ साउन, काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ । बोलबम तीर्थयात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य उपस्थिति छ ।

पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु सुन्दरीजलबाट खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरमा जल चढाउन आएका छन् । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा पनि बलबम तथा साउने मेला लागेको छ ।
साउने सोमबारका व्रतालु महिलाहरुको पनि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो छ ।

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment