Comments Add Comment

मिर्गाैला पीडित खनाललाई ४५ हजार सहयोग

१० असार, अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका-४ उपल्लला बडाचौर निवासी २२ वर्षका पिताम्बर खनाललाई ४५ हजार आर्थिक सहयोग गरिएको छ ।

घरको अवस्था कमजोर भएका खनालको दुबै मिर्गौला खराब भै काठमाडौंको गि्रनसिटी हस्पिटलमा उपचार भइरहेको छ ।

पत्रकार कमल विष्टको सकि्रयतामा संकलित रकम मंगलबार जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी शङकर भुसालले खनालका कान्छोबुबा टिकाराम खनाल र बैनी अस्मिता खनाललाई हस्तान्तरण गरेका हुन् ।

सोही क्रममा निमित्त प्रजिअ भुसालले २५०० नगद थप सहयोग गरेका छन् ।

पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले सहयोग उठाउन प्रयत्न गर्ने पत्रकार कमल विष्टलाई धन्यवाद दिदै पत्रकारहरुले दुःखमा साथ दिइरहेको बताए ।

विष्टले यो अभियान जारी रहने बताउदै सबैले सहयोग गरी उनको खनाललाई बचाउन आग्रह गरेका छन ।

उपचारको लागि ठूलो रकमको आवश्यकता परेकोले सबैले सहयोग गर्न घरपरिवारले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment