Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः मन्त्रिपरिषद् असमावेशी, महिला र जनजातिको उपस्थिति न्यून

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ महिनापछि विस्तार गरेको मन्त्रिपरिषद् असमावेशी भएको भन्दै आलोचना सुरु भएको छ । ३३ प्रतिशत महिला सहभागिताको माग गर्दै प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले ज्ञापनपत्र बुझाए पनि पति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपपिरषद्मा तीनजना महिलाले मात्रै स्थान पाएका छन् । जनजातिहरु समेत यो मन्त्रिपरिषद् विस्तारको प्राथमिकतामा नपरेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाहरुले नवनियुक्त मन्त्रीहरुले गरेको पहिलो निर्णयदेखि भ्याट छल्नेलाई नै कर मिनाहा दिएकाेसम्मका खबर आज छापेका छन् ।

मन्त्रिपरिषद् विस्तार भएको विषयलाई मुख्य खबर बनाएर लेखेको गोरखापत्र दैनिकले निर्वाचन क्षेत्र निर्धारण समितिले काम थालेकोदेखि काठमाडौंका २२ क्षेत्रमा सडक मर्मत भइरहेको लेखेको छ ।

भ्याट छल्नेलाई नै कर मिनाहा गरिएको खबर आज कान्तिपुरले छापेको छ । कान्तिपुरमै भोजपुर सामुहिक हत्याको अनुसन्धान सुस्त भएको खबर छ ।

नागरिक दैनिकले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाकै लोगो प्रयोग गरेर बाहिरी छापाखानामा पुस्तक छापेर संस्थालाई करोडौं नोक्सानी पुर्याएको खुलासा गरेको छ । सिंचाइका ३७ कर्मचारी प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दै विदेश शयरमा गएको खबरलाई पनि नागरिकले प्राथमिकता साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले मन्त्रिपरिषद् असमावेशी भएको लेखेको छ भने नयाँ पत्रिका दैनिकले नवनियुक्त मन्त्रिहरुको पदबहालीसँगै गरेको निर्णयहरुलाई मुख्य खबर बनाएर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment