Comments Add Comment

लागूऔषध कारोबारको आरोप लागेका फिलिपिनी मेयरको हत्या

फिलिपिनि राष्ट्रपति

१६ साउन, काठमाडौं । अबैध लागूऔषध कारोबारको अारोप लागेका फिलिपिन्सका एक मेयर प्रहरी कारबाहीमा मारिएका छन् ।

फिलिपिन्सको मिण्डानाओ आइल्याण्डको ओजामिज सिटीका मेयर रेनाण्डो पारोजिनोङ र उनकी पत्नीसहित १० व्यक्ति मारिएका थिए ।

अधिकारीहरुका अनुसार छापा मार्ने क्रममा मेयरका सुरक्षा गार्डले प्रहरी अधिकारीमाथि गोली चलाएका थिए ।

फिलिपिन्सका राष्ट्रपति रोडि्रगो डुटेर्टेले सन् २०१६ को जुलाईमा लागूऔषध माफियाहरुबिरुद्ध युद्धको घोषणा गरेयता ७ हजारभन्दा बढी अरोपीको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार फिलिपिनी प्रहरी मेयर पारोजिनोङको पक्राउ पुर्जी बुझाउन उनको निवास पुगेका थिए, तर सुरक्षा गार्डले प्रहरीलाई रोकेनन् मात्रै, प्रहरीबिरुद्ध गोली नै चलाए ।

लागूऔषध कारोबारीसँग सम्बन्ध रहेको भन्दै मेयर पारोजिनोङ राष्ट्रपति रोडि्रगोको निशानामा परेका थिए । राष्ट्रपतिका प्रवक्ता अर्नेष्टो अवेलाले भनेका छन् कि तपाईहरुलाई याद नै होला, पारोजिनोङ गैरकानूनी लागूऔषध कारोबारमा सामेल मानिसहरुको सूचिमा थिए ।

पारोजिनोङका प्रवक्ताले भने आफ्नो तर्फबाट फायर खोलेको भन्ने आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् । एकोहोरो गोली हानेरमा मेयरको हत्या गरिएको उनको भनाइ छ ।

मेयर पारोजिनोङसाथै उनका भाइपनि त्यस गोलीकाण्डमा मारिएका छन् । उनकी छोरी, जो शहरकी उपमेयर पनि हुन्, उनलाई भने पक्राउ गरिएको फिलिपिनी अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment