Comments Add Comment

जापानमा ‘म यस्तो गीत गाउँछु’को सुखद सुरुवात

फ्यानले भने 'पल, आई मिस यू एण्ड लव यू’

३१ जुलाई, टोकियो । नेपाली सिनेबजारमा यस वर्षकै पहिलो हिट चलचित्रको रुपमा चर्चा बटुलेको ‘म यस्तो गीत गाउँछु’ले जापान यात्राको पनि सुखद सुरुवात गरेको छ ।

प्रेम कथामा बनेको यो चलचित्रले आफ्नो पहिलो शो उचुनोमियापछि आइतबार टोकियोमा भएको दोस्रो शोबाट पनि सुखद व्यापार गरेको छ । टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा भएको उक्त शोमा युवायुवतीको बाक्लो उपस्थिति थियो ।

चलचित्रमा पलले पुजालाई गरेको साँचो प्रेममा भावुक बनेका दर्शकहरु बीचबीचमा हुने राजाराम पौडेलको इन्ट्रीले भने हल नै गुञ्जाएमान हुन्थ्यो ।

चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्रको कथावस्तुलाई उत्कृष्टताको संज्ञा दिए भने पल र पुजाको अभिनयको पनि खुबै प्रशंसा गरे ।

चलचित्र हेर्न आएकी बुटवलकी शारदा श्रेष्ठले आफू पहिलेदेखि नै पलको फ्यान भएको कारण चलचित्र हेर्न आएको बताइन् । पलको आँखा मन पराउने बताएकी श्रेष्ठले जापानबाटै भनिन्, ‘पल, आई मिस यू एण्ड लव यू ।’

त्यस्तै संगीतकार अर्जुन पोखरेलको पनि दर्शकहरुले निकै तारिफ गरेका थिए ।

चलचित्र प्रदर्शनबाट उठेको रकम स्वेताश्री फाउण्डेशनलाई

‘म यस्तो गीत गाउँछु’को जापान प्रदर्शनबाट उठेको सम्पूर्ण मुनाफा रकम स्वेताश्री फाउण्डेसनले सुरु गरेको ‘एकीकृत माझी टोल विकास परियोजना’लाई सहयोग गर्ने इजिलिंक रेमिट्यान्सका प्रमुख डिपी अर्यालले बताए ।

फाउण्डेसनले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ जन्मिएको सिन्धुपाल्चोकस्थित माझी गाउँमा ५६ घर निर्माण गर्दैछ ।

सुर्दशन थापाको निर्देशन रहेको चलचित्रमा पल शाह, पुजा शर्मा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा निर्देशक थापा र नायिका शर्माको लगानी रहेको छ ।

चलचित्र जापानका अन्य मुख्य शहरहरुमा पनि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment