शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

विदेशिने कामदारले सरकारलाई तिर्ने शुल्क बढ्यो

मृतकका परिवारले ७ लाख क्षतिपूर्ति पाउने

रविन्द्र घिमिरे

 


१६ साउन, काठमाडौं । सरकारले सोमबारबाट विदेशिने कामदारसँग लिने कल्याणकारी शुल्कमा वृद्धि गरेको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषका लागि लिइने शुल्कमा ५ सयदेखि १५ सय रुपैयाँसम्म वृद्धि गरिएको हो । यसले कामदारले यसअघि भन्दा अढाई गुणासम्म बढी शुल्क तिर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आज सोमबारबाट लागू हुने गरी ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँ शुल्क लिने भएको छ ।

त्यसैगरी ३ वर्षभन्दा बढी समयका लागि जानेले २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि १ हजार मात्रै शुल्क थियो ।

अब खाडी राष्ट्र जानेले सरकारलाई १५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने कोरिया, जापान, इजरायल, अमेरिका लगायत युरोपेली देशका वर्किङ भिसामा ३ वर्षभन्दा बढी अवधिका लागि जाँदा २५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

कल्याणकारी कोष विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई क्षतिपूर्ति दिन बनाइएको कोष हो । कोषमा अहिले ४ अर्ब रुपैयाँ जम्मा भएको छ ।

बोर्डले सोमबारदेखि नै लागू हुने गरी विदेशमा मृत्यु भएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति ४ लाख रुपैयाँ बढाएको छ । अहिलेसम्म विदेशमा ज्यान गुमाएका कामदारका परिवारले ३ लाख मात्रै क्षतिपूर्ति पाउँदै आएका थिए ।

अब विदेशमा मृत्यु भएका कामदारका परिवार ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डले क्षतिपूर्ति रकम ७ लाख पुर्‍याउने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।

क्षतिपूर्ति बढाएपछि कल्याणकारी कोष बापतको शुल्क वृद्धि गर्नु परेको बोर्डको तर्क छ । क्षतिपूर्ति बढाएर सकारात्मक काम गरेपनि आर्थिक भार भने कामदारमाथि नै थोपारिएको छ ।

२०७४ साउन १६ गते १५:१२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • ganga adhikari लेख्नुहुन्छ    |   २०७४ साउन १६ गते १५:३०

    धेरै राम्राे कुरा

    1
    7
    Share

  • bindu लेख्नुहुन्छ    |   २०७४ साउन १६ गते १५:३८

    stop begging money from poor people ,we already paid more money more then necessary. you people are keep increasing money in different different subjects like insurance, medial and others now again..shame on you

    15
    2
    Share

  • Jeetendra K. Gurung लेख्नुहुन्छ    |   २०७४ साउन १६ गते १५:४३

    Dwsh ko arthatantra thamera baseko Remittance aune thau ma sulka briddi ati bhayo. Ulto sahuliyat dinu parne. Government should facilitate the hard currency earner and not imposing extra fee. What for extra fee?

    7
    2
    Share

  • BHIM लेख्नुहुन्छ    |   २०७४ साउन १६ गते १५:४९

    यस्तो घृणा लाग्दो काम पनि गर्नु हुन्छ ? बिचरा हाम्रो देशको युवा-युवतीहरु अर्काको देशमा बाध्याताको कारणले गएका छन् अनि कति जना को हालत कल्पना गर्न नसकिने दुखको छ, कति जना बेकालमा मरेका छन्, सायद मैले सक्ने भए म मेरो कमईले उनिहरुलाइ सहयोग गर्थे, ठुलो पाप लाग्दो काम गरेका छन् है नेपालका सरकार ले……यो गर्नु कति मन रुनु पर्ने हो आफ्नै छोरा छोरी सम्झेर र….

    11
    4
    Share

  • Birkhe saila लेख्नुहुन्छ    |   २०७४ साउन १६ गते १६:२५

    Garib janta Sarkar batai lutincha vane ko sanga sahayog ko lagi yachana garne ? Thekai cha. Hami paisa HUNDI bata matra pathauchau. Yeso vanda pakkai dukkha laagla ni ? Janta lutne kaam aajhai banda garnus.

    3
    0
    Share

  • yadav लेख्नुहुन्छ    |   २०७४ साउन १६ गते १६:३७

    sramswikriti bridhi garer ramro thaun ma (bidesh ma mareko, apang bhaye ko etc.) upayog na gari lutt tantra garne sarkar lai laaz hunu paro ki bibasta le yuwa haru bidhesiye ka xan, kehi rozgari na bhayer.. yo lutt tantra kahile samm chalaaune hola npl gov…

    4
    0
    Share

  • Haku kale लेख्नुहुन्छ    |   २०७४ साउन १६ गते १६:५९

    नेपाल सरकारले निर्णय गर्ने पैसा चै कामदारले तिर्ने ??? नेपाल सरकारको कल्याणकारी शुल्कमा १००० लाई १५०० बनाएछ । इन्सुरेन्स को चै ३५०० बाट कती बनएको छ ? के सरकारको खातामा सबै पैसा जम्मा गरेर एकमुष्ट २०/२५ लाख सरकारले नै क्षतिपुर्ति दिन मिल्दैन ? सरकारको कल्यणकारी कोषमा त ४ अर्ब जम्मा भयो भने यही औसतमा इन्सुरेन्स कम्पनिको खातामा १२ अर्ब जम्मा हुन्छ। त्यसले को मोटाउने ? सरकार वा सरकारका मान्छेले खडा गरेको इन्सुरेन्स कम्पनी ?

    8
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this