Comments Add Comment

चौतर्फी आचोलनापछि एनआरएनए जापानले उम्मेदवारी शुल्क घटायो

२ अगष्ट, टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सार्वजनिक गरेको दोस्रो दिनमै उम्मेदवारी शुल्क घटाएको छ । 

एनआरएनए जापानकै इतिहासमा सबैभन्दा महंगो उम्मेदवारी शुल्क भएको भन्दै चौतर्फी बिरोध भएपछि एनआरएनए जापानले उम्मेदवारी शुल्क घटाएको हो । यसअघि एनआरएनए जापानले एक लाखदेखि ६ लाखसम्म उम्मेदवारी शुल्क तोकेको थियो ।

बुधबार टोकियोमा सम्पन्न जापानमा क्रियाशिल संघसंस्था र राजनितिक दलहरुको भेलामा उम्मेदवारी शुल्क घटाउन आएको चर्को दबावका कारण एनआरएनए जापानले शुल्क घटाउन बाध्य भएको एक अभियान्ताले बताए । 

एनआरएनए जापानको आठौं महाधिवेशन यही अगष्ट १३ तारिख हुँदैछ भने निर्वाचन सेप्टेम्बर ३ तारिखको लागि तय भएको छ । 

चर्को उम्मेदवारी शुल्क निर्धारणपश्चात सामाजिक सञ्जालमा आलोचना बढेको थियो । त्यस्तै उम्मेदवार धोषणा गरेका उम्मेदवारमा तरङ्ग ल्याएको थियो । तर, बुधबार नयाँ उम्मेदवारी शुल्क सार्वजनिक भएपछि पुन: उम्मेदवार घोषणा गर्नेहरुमा खुशी छाएको छ ।

विधुतीय प्रणालीबाट हुने निर्वाचनमा उम्मेदवारी शुल्क घटेपछि उम्मेदवारी दिनेहरुको सङ्ख्या बढ्ने धेरैको अनुमान छ ।  

यस्तो छ निर्धारण गरिएको नयाँ उम्मेदवारी शुल्क

१) सदस्यः ७० हजार येन

२) सह-कोषाध्यक्ष: १ लाख येन

३) कोषाध्यक्ष:  १ लाख २० हजार येन

४) सचिव: १ लाख ५० हजार येन

५) महासचिव: १ लाख ८० हजार येन

६) उपाध्यक्ष: २ लाख १० हजार येन

७) वरिष्ठ उपाध्यक्ष: २ लाख ५० हजार येन

८) अध्यक्ष: ३ लाख येन

९) आईसीसी सदस्य: ३ लाख ५० हजार येन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment