Comments Add Comment

बाढीका कारण भरतपुरसँग माडीको यातायात सम्पर्क टुट्यो

१९, साउन, चितवन । चितवनको माडीस्थित मुगई खोलामा आएको बाढीले जिल्ला सदरमुकाम भरतपुरसँगको यातायात सम्पर्क टुटेको छ ।

माडी नगरपालिकामा रहेको ठाडो खोला मध्येको सबैभन्दा ठूलो मुगई खोलामा गएरातिदेखि अविरल वर्षाका कारण पानीकोसतह बढेको छ । माडी नगरपालिकाको साविकका २ गाविस अध्योध्यापुरी र कल्याणपुर पूर्ण रुपमा तथा बघौडा गाविसको आधा भागको जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्क टुटेको हो ।

खोलामा बाढी आएपछि माडी क्षेत्रमा आउने जाने सवारी साधान र पर्साको ठोरीबाट आउने जाने सयौं सवारी साधान र यात्रुहरु अलपत्र परेका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले खोलाको तल्लो तटीय क्षेत्रका स्थानीय वासिन्दालाई सर्तक रहन आग्रह गरेका छन् । उनले विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय लगायत बिभिन्न सामाजिक संघसंस्थाहरुसँग सम्भावित क्षति न्यूनीकरणका लागि पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment