Comments Add Comment

पैदल यात्रीलाई टिपरको ठक्कर, १ को मृत्यु, ३ घाइते

२३ साउन, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको हो ।

घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment