Comments Add Comment

अछाममा साढे पाँच हजार बढी मतदाता थपिए

२५ साउन, अछाम । निर्वाचन आयोगले प्रदेश र संघीय संसदको चुनावका लागि सुरु गरेको मतदाता नामावली संकलनमा साउन महिनामा अछाममा साढे पाँच हजार मतदाता थपिएका छन् ।

जिल्लाका नौ नगर तथा गाउँपालिका र जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा साउन महिनामा महिला २९ सय २४ र पुरुष २६ सय नौ गरी पाँच हजार ५३३ मतदाता थपिएका छन् ।

जिल्लामा विभिन्न स्थानीय तहमा सम्पन्न शिविरबाट १ हजार ७०६ पुरुष र १ हजार ९१६ महिला मतदाता थपिएका छन् ।

यस्तै जिल्ला निर्वाचन कार्यालयमा आएर १ हजार ९११ जनाले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयले जानकारी दिएको छ । मंगलसेन नगरपालिकाको हकमा निर्वाचन कार्यालयसहित जिल्लामा १० वटै स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन, अद्यावधिक र सार्ने काम भइरहेको कार्यालयका एकिन्द्र बोगटीले जानकारी दिए ।

सदरमुकाम मंगलसेन बाहेकका ९ स्थानीय तहमा जिल्ला प्रशासनबाट नागरिकता टोली समेत गएका कारण नागरिकतासँगै फोटो सहितको नामावलीमा नाम लेखाउनेको संख्या बढी रहेको कार्यालयले जनाएको छ ।

साँफेबगर नगरपालिकामा आइतबार र सोमबारमा घुम्ती शिविरबाट ५८४ ले नागरिकता र सोही संख्यामा मतदाता नामावलीमा नाम थपेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन नागरिकता लिन सदरमुकाम आउन समस्या हुने भएकोले जिल्ला प्रशासन कार्यालय अछामले स्थानीय तहमै नागरिकता वितरण गर्न दुई टोली परिचालन गरेको छ ।

गाउँघरमा काम नहुने र विदेशवाट घर आउने समय स्थानीय तहमै शिविर भएपनि सदरमुकाम आएर दैनिक ७०/७५ ले नागरिकता लिन पुग्ने गरेको बताइएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अछाम जिल्लामा १ लाख ४७ हजार ७४७ मतदाता थिए ।

गाउँमै नागरिकता र फोटो सहितको नामावली नाम लेखाउन पाएपछि स्थानीय हषिर्त भएका छन् । चौरपाटी गाउँपालिका-४ का वडा अध्यक्ष हर्कबहादुर लुहारले भने- ‘सर्वसाधारणले घरै नजिक सरकारी सेवा पाएकामा खुसी छौं ।’ २०६८ को जनगणना अनुसार अछाम जिल्लामा २ लाख ५७ हजार जनसंख्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment