Comments Add Comment

पोखरामा गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खस्यो, एक जना गम्भीर

२७ साउन, काठमाडौं । पोखरामा गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खस्दा एक जना घाइते भएका छन् । बिहीबार साँझ पोखराको रानीपौवामा भएको घटनामा पोखरा लेखनाथ महानगरपालिका–२० भलामका २६ वर्षीय विष्णु बास्तोला घाइते भएका हुन् ।

महेन्द्रपुलबाट ग.६प. ८१२८ नम्बरको पल्सर मोटरसाईकल चढेर घरतर्फ गइरहेका बास्तोलामाथि रानीपौवा आर्मी क्याम्पअगाडि बिजुलीको तार खसेको थियो । थ्रीफेस लाइनको तार चुँडिएर शरीरमा खसेपछि उनी लड्नुका साथै शरीरमा आगो लागेको थियो । स्थानीयले उद्धार गरेर मणिपाल शिक्षण अस्पताल पुर्याएका बास्तोलाको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घाइते बास्तोला वन क्याम्पस पोखरामा प्राध्यापन गर्छन् भने शिशु निकेतन सेकेण्डरी स्कुल विरौटामा समेत आंशिक शिक्षकका रुपमा कार्यरत रहेको बताइएको छ ।

थ्रीफेस लाइनको तार चुँडिएपछि रानीपौवा, फुलबारी, गैह्रापाटनलगायतको क्षेत्र अन्धकार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment