Comments Add Comment

मंगलबार काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने

३० साउन, काठमाडौं । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ ।

साउन ३१ गते होटल अन्नपूर्ण काठमाडौंंमा हुने फेयरमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने बताइएको छ ।

वर्षको तीनपटक अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका अनुसार यो फेयर अन्यभन्दा पृथक हुनेछ ।

सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाका अनुसार एकै पटक १६ वटा युनिभर्सिटीको उपस्थिति भएको यो पहिलोपटक हो । सम्वन्धित कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजर, प्रोफेसर, एकेडेमीक प्रमुख लगायतको उपस्थित रहने संग्रौलाले बताए । ‘फेयरमा अष्ट्रेलिया, अष्ट्रेलियाको शैक्षिक पद्धति र संस्थाहरु, शैक्षिक सुविधा, अष्ट्रेलियामा पढ्दा झेल्नु पर्ने चुनौतीहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गर्छन्’, संग्रौलाले भने ।

फेयरमा उपस्थित रहेका अष्ट्रेलियन विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिसँग विद्यार्थीहरुको प्रत्यक्ष संवाद हुनेहुँदा अष्ट्रेलिया पुगेपछि भनिए अनुसारको सुविधा प्राप्त नभए विद्यार्थीहरुले सजिलै दावी गर्न सक्ने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका निर्देशक संजीव शर्मा बताउँछन् ।

शर्मा भन्छन् ‘फेयरले कन्सल्टेन्सिहरु धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि हल गर्ने छ । किनकि १६ वटा युनिभर्सिटी तथा कलेजहरुको विषयमा विद्यार्थीहरुले केही घण्टामै बुझ्न पाउनेछन् ।’

फेयर बिहान एघार बजेबाट दिउँसो चार बजेसम्म सञ्चालन हुने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment