Comments Add Comment

बाढीपीडितलाई एनआरएनए हङकङको ५ लाख सहयोग


३१ साउन, हङकङ । गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपालका बाढी–पहिरो पीडितका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का सल्लाहकार यमकुमार गुरुङ र एशिया–प्यासफिक क्षेत्रीय सहसंयोजक कृष्णप्रसाद पाण्डेलाई सहयोग रकम अध्यक्ष राधिका गुरुङले हस्तान्तरण गरेकी छिन् ।

एनआरएनए आईसीसीको आइतबार सम्पन्न आकस्मिक बैठकले शुक्रबारको अविरल वर्षाका कारण उत्पन्न बाढी पीडितका लागि राहत संकलन गर्न कोषको स्थापना गरी एक हप्ताभित्र दुई करोड संकलन गर्ने र वितरण गर्ने निर्णय गरेको थियो ।

निर्णयपछि सम्पूर्ण राष्ट्रिय समितिहरुलाई राहत संकलन गर्न अपिल गरिएको छ ।

अध्यक्ष गुरुङले राहत तत्कालै पुर्‍याउन सके मात्रै त्यसको महत्व हुने भएकाले कोषबाटै सहयोग उपलब्ध गराइएको जानकारी गराइन् । उनका अनुसार सहयोग संकलन शुरु भएकाले कोषमा सोधभर्ना पछि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment