Comments Add Comment

बाढी-पहिरोपीडितको सहयोगार्थ स्पेनमा सहयोग संकलन सुरु

बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बाढी पहिरो पीडितको सहयोगार्थ सहयोग रकम संकलन अभियान सुरु गरेको छ ।

स्पेनस्थित नेपाली संघ संस्थाहरुको समन्वयमा संघले रकम संकलन अभियान सोमबारदेखि सुरु गरेको हो । संघले पहिलो दिनमा नै करीव १ हजार ५ सय युरो संकलन गर्न सफल भएको छ ।

एनआरएन स्पेनको कार्यालयमा बसेको आकस्मिक बैठकले संघका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षतामा राहत संकलन समिति गठन गरेको छ । समितिमा स्पेनस्थित राजनीतिक, जातीय, क्षेत्रीय लगायतका संघ संस्थाहरुलाई समेटिएको छ ।

अविरल वर्षासँगै पुर्बी तराईमा बाढी र पहाडमा पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको बेला स्पेनको नेपाली समुदाय एकजुट बनेको छ । बाढी र डुवानका कारण देशका २६ जिल्ला प्रभावित भएका छन् ।

ला काईसा बैंकको खाता नम्बर ES36-2100-0920-3601-0064-6604 मा सिधै रकम जम्मा गर्न सकिने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment