Comments Add Comment

बाढी पीडितको सहयोगार्थ जापानमा ‘छक्का पञ्जा २’ प्रदर्शन गरिदै

२० अगस्ट, टोकियो । गत साता नेपालको तराई भूभागमा आएको बाढीका कारण पीडित भएकाहरुको सहयोगार्थ जापानमा चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शन गरिने भएको छ ।

दशैको फूलपाती कै दिन २७ सेप्टेम्बर बुधबार नाकानो जिरो हलमा पहिलो प्रदर्शन हुने भएको छ भने ८ अक्टोबर आइतबार नाकानो जिरो हलमै दोस्रो प्रदर्शन हुने भएको छ ।

ओटु इभेन्ट्सले आयोजना गर्न लागेकोचलचित्र प्रदर्शनबाट उठेको रकम बाढी पीडितहरुको राहत र पुनस्र्थापनाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

बाढी र पहिरोमा परी हजारौं नेपालीहरुले संकट पूर्ण रुपमा जीवनयापन गरिरहेका बेला जापानमा रहेर सामाजिक काममा संलग्न युवाहरुको समूह ओटु इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो । साँझ ६ः३० बजे सो सुरु हुने आयोजकले जनाएको छ ।

नाकानो जिरो हल लगत्तै जापानका अन्य शहरहरुमा पनि चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

फुकुओका, नागोया, ओसाका लगायतका शहरहरुमा पनि प्रदर्शनको कार्य योजना बनिरहेको आयोजकले जनाएको छ । चलचित्र प्रदर्शनको इभेन्ट म्यानेजमेन्ट भने सनराईज प्रोडक्सनले गर्ने भएको छ ।

इभेन्ट्सले गर्न लागेको सकारात्मक कामका लागि गैरआवासीय नेपाली संघ -एनआरएनए) जापानले पनि चलचित्र प्रदर्शनका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएको छ । इभेन्ट्सले आफूहरुले एनआरएनए मार्फत् नै सहयोग रकम नेपाल पठाउने जनाएको छ ।

इभेन्ट्स यति बेला आवश्यक सबै प्रकारका तयारीमा जुटेको छ । जापानमा क्रियाशील संघसंस्था र जापानमा रहेका नेपालीहरुलाई आफूहरुको पवित्र कार्यमा सहयोग गर्न पनि इभेन्ट्सले आग्रह गरेको छ ।

दिपाश्रीको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, पि्रयंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment