Comments Add Comment

महोत्तरीको जनजीवन अझै सामान्य बन्न सकेन

महामारी रोक्न विशषेज्ञ डाक्टरसहित स्वास्थ्य शिविर

७ भदौ, महोत्तरी । एक हप्ता अघि आएको बाढीबाट प्रभावित बनेको महोत्तरी जिल्लामा जनजीवन अझै पूर्ण रुपमा सामान्य बनेको छैन ।

बाढी प्रभावितहरुलाई राहत वितरण र स्वास्थ्य शिविर सञ्चालन भएपनि भत्किएका पुलहरु बन्न नसक्दा यातातका साधनहरु सञ्चालन हुन सकेका छैनन् ।

पुल भत्किएका क्षेत्रका नागरिहरुको जनजीवन अझै सामान्य बनेको छैन । बाढीबाट पीडित भएका उनीहरुको दैनिकी अझै असहज रहेको छ ।

पुल भत्किएपछि आवतजावत नहुँदा राहत वितरण लगायतका अन्य काममा समेत समस्या भएको स्थानीयले गुनाशो गरेका छन् ।
डुवान परेका डाउँमा अहिले पनि पानी तालिएकोले स्थानीय थप समस्यामा परेका छन् ।

महामारी हुन नदिन स्वास्थ्य शिवर

बाढीले ठूलो सख्यामा नागरिकहरु प्रभावित भएपछि शिविरहरुमा महामारी फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्थानीय प्रशासन, स्वास्थ्य संस्थाहरु र गैरसरकारी संस्थाहरुको सहयोगमा मन्त्रालयले दर्जनौ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

जिल्लाका ६ वठा निर्वाचन क्षेत्रका विभिन्न २६ स्थानमा सन्चालन गरिएको शिविरमा २ जना विशषेज्ञ डाक्टरसहित ४०० जना स्वाथ्यकर्मीहरुको टोली रहेको छ ।

शिविरमा चेकजाँचसँगै महामारीबाट बच्न प्राथमिक स्वास्थ्य उपचारको समेत जानकारी गराउने गरिएको छ ।

शिविरमा गम्भीर बिरामी भेटिए धरानमा रहेको विपि अस्पतालसँगै जनकपुर अस्पताल, जानकी मेडिकल कलेज लगायतका अस्पतालहरुमा रिफर गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म गम्भीर प्रकृतिका कुनै रोग देखा नपरेको शिविरको अनुगमन गर्न पुगेको स्वास्थ्य मन्त्रालयको टोलीले जानकारी दिएको छ ।

अहिले झाडापखला र टाइफाइडको संक्रमण पाइएको स्वास्थ्यकर्मीहरुले अनुगमन टोलीलीलाई जानकारी गराएका छन् ।


२ लाख प्रभावित

स्थानीय प्रशासनका अनुसार बाढीका कारण भएको डुवानबाट महोत्तरीका २ लाख जना प्रभावित भएको प्रारम्भिर तथ्याङक छ ।

महोत्तरीका विभिन्न क्षेत्रमा अहिले पनि पानी तालिएर रहेको छ । महोत्तरीमा डुवानका कारण २२ हजार ५०० हेक्टर धानखेत पनि नष्ट भएको छ । हालसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment