Comments Add Comment

ठूला परियोजनामा सहयोग घोषणा गर्ने भारतको चाहना

सात सम्झौता/समझदारी पत्रमा हस्ताक्षर हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बुधबार भएको ‘वार्म अप’ भेटवार्ता । तस्वीर: मोदीको टि्वटर

८ भदौ, नयाँदिल्ली । भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ठूलो परियोजनामा सहयोग घोषणा गर्न इच्छा व्यक्त गरेको छ ।

देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । हैदराबाद हाउसमा ३० मिनेट सहयोगीरहित ‘वान टु वान’ वार्तापछि दुई देशको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ ।

लगत्तै दुई देशबीच दुई देशबीच सात वटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्रकिरणका कार्यकारी अधिकृत गोविन्द पोखरेलका अनुसार पुनर्निर्माणसम्बन्धी ४ वटामा एमओयूमा हस्ताक्षर हुनेछ । भारतले हाउजिङमा १ विलियन, स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदामा ५० विलियनका दरले १५० विलियन गरी कुल २५० विलियन अर्थात २ खर्ब २० अर्ब सहयोग गर्नेछ ।

साथै भारतले एउटा ठूलो परियोजनामा सहयोगको घोषणा गर्न खोजेको छ । ‘नेपाली पक्षसँग यसबारे कुरो हुँदैछ,’ भ्रमण टोलीमा सहभागी एक अधिकारीले भने ।

दुई देशको बैठकमा पञ्चेश्वर परियोजनाका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र नेपाली सीमासम्म रेलवे निर्माणबारे पनि छलफल हुनेछ । ्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment