Comments Add Comment

कांग्रेसले प्रदेश २ को उम्मेदवार अझै छान्न सकेन


१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवार टुंगो लगाउन अझै केही समय लगाउने भएको छ । संविधान संसोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबान समस्याले केही ढिलाई भएको कांग्रेसले बताएको छ ।

कार्यवहाक सभापति बिमलेन्द्र निधिले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदेश २ का सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसँग संयुक्त छलफल गरेका छन् । उम्मेदवारको टुंगो सहमतिबाट नै लगाउने प्रयासमा निरन्तर छलफल भइरहेको बताउँदै उनले २१ गते अगावै टुंगोमा पुगिने बताए ।

यसअघि कांग्रेसले साउन मसान्त सम्म सबै उम्मेदवारको नाम टुंगो लगाउने बताएको थियो ।

कार्यवहाक सभापति निधिका अनुसार प्रदेश २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरीका जिल्ल्ााको छलफल सकिएको तथा बाँकी रहेका धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल सकेपछि उम्मेदवारहरुको टुंगो लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment