Comments Add Comment

बाढीले परवलखेती नष्ट भएपछि कृषक निरास

१५ भदौ, इनरुवा,। सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गरे । तर उनले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ ।

परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उनको जस्तै समस्या भएको छ सोही ठाउँका दिलीप यादवको पनि । उनले करिब १० कट्ठा जग्गामा परवल खेती गरेका  थिए ।

बाढीको पानी खेतमा तीन÷चार दिन जमेपछि परबल खेती उनको पनि सुक्न थालेको छ । परवलखेती सुक्न थालेपछि अहिले कसरी घर परिवार चलाउने भने चिन्ताले उनलाई पिरोली रहेको छ उनलाई ।

उनीहरु जस्तै सो क्षेत्रका सयौँ कृषकले लगाएको परबल खेतीमा बाढीको पानी जमेका कारण सुक्न थालेपछि स्थानीय कृषक चिन्तित भएका छन् । विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन श्रीपुरजब्दी, हरिपुर, पश्चिमकुशहा गाविस पूर्ण प्रभावित र लौकही गाविस आंशिक प्रभावित भएको थियो ।

प्रभावित भएको क्षेत्रमा रहेका अधिकांश जग्गा बगरमा परिणत भएपछि स्थानीयले विकल्पको रुपमा परबलखेती गर्दै आएका छन् । तर त्यो परबलमा पनि बाढीको पानी जमेर सखाप बनाएपछि आफूहरुलाई घर परिवार चलाउन र केटाकेटीको स्याहारसुसार गर्न समस्या भएको स्थानीय दिलीप यादवको भनाइ छ ।

यादवको समस्या जस्तै छ स्थानीय वीरेन्द्र यादवको पनि । उनले एक बिगाहा जग्गामा परबलखेती गर्नुभएको थियो । तर उहाँको खेतमा पनि पानी जमेका कारण परबल सुक्न थालेपछि उनी निरास हुनुभएको छ ।

एक बिगाहामा लगाएको परबलबाट एक वर्षमा रु तीन लाखसम्म आम्दानी गरेकोमा यसपटक त्यो आम्दानी गुमेको वीरेन्द्र यादवको भनाइ छ ।

यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीका प्रमुख राजकान्त झाले जिल्लामा करिब १५ हेक्टर क्षेत्रफलमा लगाएको परबलखेती नष्ट हुँदा  ७० लाख बराबरको क्षति भएको बताउँदै यस आर्थिक वर्षमा अनुदान प्रदान गरी पुनः खेतीतर्फ आकर्षित गर्ने बताए ।

कोशी बाढीको पीडामा केही मल्हम लगाउने कार्य जस्तो हुने गरी परबलखेती गरिरहेका स्थानीय किसानले यसपालीको डुबानले त्यो परबल पनि नष्ट भएपछि किसान थप निरास बनेका छन् ।

त्यसैले, परबल किसानलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने स्थानीय कृषकले माग गरेका छन् । राज्यले तरकारी बाली उत्पादक किसानलाई सहयोग गर्नु आवश्यक छ भने डुबान कटान क्षेत्रमा व्यवस्थित खेतीका लागि समेत पहल गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment