Comments Add Comment

दया र दियाको प्रेममा ‘ओखती’

पछिल्लो समय नेपाली चलचित्रका गीतसंगीतले दर्शकको मन छोएका छन् । लोकशैलीका हुन् या प्रेमका भाषा बोल्ने गीतसंगीत नै किन नहुन्, दर्शकले नेपाली चलचित्रका गीतलाइ अत्यन्तै माया गरिरहेका छन् ।

दर्शकले अब अर्को एक गीतलाइ पनि मन पराउने देखिएको छ । पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’मा समावेश ‘ओखती’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राइ र दीया पुनले अभिनय गरेका छन् ।

नृत्यमा कमजोर रहेका दयाहाङले यो गीतको भिडियोमा भने गज्जबको नृत्य गरेका छन् । कालिप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको यो गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, रभी न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रमा छायांकन भने शैलेन्द्र डी कार्कीको छ ।

चलचित्रमा दयाहाङ राइ, बर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा रामबाबु गुरुङको कथा, पटकथा र निर्देशन छ । टेकेन खड्काले यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment