Comments Add Comment

‘क्याप्टेन’पछि ‘कबड्डी ३’मा उपासना

नायक अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’मो जोडी बाँधेर प्रशंसा कमाइरहेकी नायिका उपासना सिंह ठकुरीको चलचित्र क्षेत्रमा भाग्य खुल्ने देखिएको छ । यो चलचित्रमा उनले गरेको कामको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । चलचित्रमा गाउँमा हुर्किएर काठमाण्डौसम्म आइपुगेकी एक यूवतीको भूमिकामा काम गरेकी उपासनाको अभिनय, प्रस्तुती सबै उत्कृष्ट छ । यो चलचित्रबाट उनले संभावना पनि देखाएकी छिन् ।

यसैविच, ‘क्याप्टेन’मा काम गरेकी नायिका उपासनालाई अर्को एक चलचित्रबाट अफर आएको छ । नायिका ठकुरीलाई रामबाबु गुरुङले निर्देशन गर्न लागेको चलचित्र ‘कबड्डी ३’बाट अफर आएको छ । चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएसँगै उनलाई रामबाबुले नायिकाको रुपमा अफर गरेका थिए । उपासनाले भने ‘क्याप्टेन’को प्रतिक्रिया पश्चात आफूले गर्ने वा नगर्ने भन्ने निर्णय लिने बताएकी थिइन् ।

तर, ‘क्याप्टेन’मा उपासनाको कामको प्रशंसा भैरहँदा अब उनले यो चलचित्र खेल्ने संभावना प्रबल छ । वुझिएअनुसार, उपासनाले केही दिनमै यो चलचित्रमा संझौता गर्नेछिन् । यो चलचित्रका लागि नायक दयाहाङ राई फाइनल भैसकेका छन् । नायक प्रदिप खड्कासँग पनि कुरा भैरहेको छ । प्रदिपले पनि चलचित्रमा संझौता गर्न मात्र बाँकी छ । यसैले पनि नायक अनमोल केसीविच उपासनाले दयाहाङ र प्रदिपसँग जोडी बाध्ने संभावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment