 
																			काठमाडौं । अनमोल केसी, केदार घिमिरे र आँचल शर्मा स्टारर फिल्म ‘जेरी अन टप’को प्रदर्शन मिति तय भएको छ । तिहार छेकोमा यो फिल्म ३१ असोजमा देशब्यापी प्रदर्शनमा आउनेछ ।
निर्माता सरोज न्यौपानेले वितरकसँगको सहमतिमा प्रदर्शन मिति फाइनल गरिएको बताए । यसैमहिना ६० दिन लगाएर मुस्ताङ, काठमाडौं र लुक्लामा फिल्म खिचिएको छ । बाँकी २ गीत भारतको पोन्डीचेरी र काठमाडौंमा खिच्ने तयारी छ ।
निर्माताले हङकङको एलजी एसोसिएसनलाई अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार न्यूनतम सुनिश्चितता (एमजी)मा बिक्री गरेका छन् । विदेशको सबै राइटबाट लगानीको आधा रिकभर हुने हिसाब निर्माताको छ ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4