+
+

अमेरिकामा नीति र अनमोलको ‘क्रिसमस केमेस्ट्री’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १५:२३

काठमाडौं । यतिबेला अमेरिकामा क्रिसमस माहोल छ । ठीक यहीबेला, नीति शाह र अनमोल केसी पनि एक फिल्म अवार्डको लागि सन फ्रान्सिस्कोमा छन् । गोल्डेन नेपाली अवार्डमा पुगेका कलाकारले घुमघाममा इन्जोय गरिरहेको देख्न सकिन्छ ।

नीतिले सामाजिक संजालमा अनमोलसहित भुवन केसी, जिया केसी, आँचल शर्मा, वर्षा सिवाकोटी, दीपाश्री निरौला लगायतसँग केही ‘क्यान्डिड’ फोटो सेयर गरिरहेकी छन् । विशेषगरि, अनमोलसँग ‘क्रिसमस ट्री’अघि उनले हल्का रङको गुलाबी सारीमा खिचाएको फोटो आकर्षक छ ।

क्रिसमस भाइब्स आउने मात्र हैन, नीति र अनमोलको फोटोमा एउटा यस्तो केमेस्ट्री देखिन्छ जसलाई ठूलो पर्दामा हेर्न दर्शक इच्छुक छन् । नीतिले अघिल्लो जेनेरेसनका कलाकार जितु नेपालसँग ‘ज्वाइँ साब’ र राजेश हमालसँग ‘नरसिंहा अवतार’मा स्क्रिन सेयर गरिन् । ‘मोहर’मा पल शाहसँग रोमान्स गर्दैछिन् । अब उनी आफ्नै पुस्ताका अनमोलजस्ता कलाकारसँग काम गर्न चाहिन्छन् ।

मिस नेपाल इन्टरनेसनल समेत रहेकी नीतिले पछिल्लो फिल्म ‘ज्वाइँ साब’बाट चर्चा बटुलेकी छन् । नीतिका अनुसार उनको अमेरिका भ्रमण केही साता अझै चल्नेछ । उनी सन फ्रान्सिस्को, टेक्सस र न्यूयोर्क सहरमा घुमघामपछि स्वदेश फर्किने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?