Comments Add Comment

खुल्यो मालाको प्रेम

चलचित्र ‘वन वे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका माला लिम्बुलाई करिअर अगाडि बढाउन नै धौ–धौ छ । चलचित्रमा खासै जम्न नसकेपछि म्यूजिक भिडियोमा नै बोल्ड बनिरहेकी माला अभिनित चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

माला लिम्बुको करिअर खासै नफक्रिएको अवस्थामा उनको प्रेम भने फक्रिरहेको खुलेको छ । माला लिम्बु विगत ६ बर्षदेखि एक यूवाको प्रेममा छिन् । माला आफैले गरेको खुलासामा उनी दिवस श्रेष्ठ नामक यूवकको प्रेममा छिन् । दिवस नायक अनुप विक्रम शाहीका साथी पनि हुन् ।

दिवसको सामाजिक संजाललाई हेर्ने हो भने उनी मालालाई खुबै प्रेम गर्छन् । माला अभिनित चलचित्रको प्रचार सामाग्री शेयर गर्दै उनले ‘आफ्नो प्यारी र नजिककी माला’ भनेर पनि उल्लेख गरेका छन् । मालको जन्मदिनमा पनि दिवसको उपस्थिती विशेष रहेको फेसबुकमा देख्न सकिन्छ ।

चलचित्रमा नजमेकी माला दिवससँगको प्रेममा भने गज्जबले जमेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment