+
+
Shares

अर्थमन्त्रीको मानवीय मामिला अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुली नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् ।
  • भोटेकोशी बाढीपछि मन्त्रालयले गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित २४ भदौको मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरिएको हो ।
  • पराजुलीको संयुक्त राष्ट्रसंघ अनुभव र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको विज्ञता मन्त्रालयको राहत र पुनर्स्थापना काममा उपयोगी हुने विश्वास गरिएको छ ।

२६ भदौ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् । २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि नियुक्त गरिएको हो ।

पराजुलीको संयुक्त राष्ट्रसंघमा लामो र गहन अनुभव रहेको छ । उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।

विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?