+
+
Shares

नेपाली सेनाले भन्यो : चिलिमे हाइड्रोको टनेलसम्म जाने बाटो खोलियो

नेपाली सेनाले चिलिमे हाइड्रको टनेलसम्म जाने बाटो खोलिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले चिलिमे हाइड्रोको टनेलसम्म हेभिइक्विपमेन्ट जान मिल्ने बाटो खोलेको जनाएको छ ।
  • रसुवागढी, लाङटाङ, त्रिशूली ३ एक र त्रिशूली ३ बी जलविद्युत आयोजनामा खोजी तथा उद्धार काम जारी रहेको सेनाले बताएको छ ।
  • माथिल्लो त्रिशूली १ को हाकुबेंसीस्थित अडिट १ टनेल क्षेत्रमा ड्रोनमार्फत खोजी गर्दा केही फेला नपरेको सेनाले जनाएको छ ।

२६ भदौ, काठमाडौं । नेपाली सेनाले चिलिमे हाइड्रको टनेलसम्म जाने बाटो खोलिएको जनाएको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार हेभिइक्विपमेन्ट जान मिल्नेगरी टनेलसम्मको बाटो खोलिएको हो ।

यो होइड्रोमा विदेशीसहितको संयुक्त टोलीसँग काम भइरहेको सेनाले जनाएको छ । सेनाका अनुसार अहिले लेदो फाल्ने काम भइरहेको  छ।

त्यसैगरी रसुवागढी जलविद्युत आयोजनामा कम्पोसाइट क्विक रियाक्सन टिम तथा विदेशीसहितको संयुक्र खोज उद्धार टोलीमार्फत खोजीको काम भइरहेको सेनाले बताएको छ ।

लाङटाङ हाइड्रोमा पनि खोजी कार्य भइरहेको सेनाले बताएको छ ।

माथिल्लो त्रिशूली १ को हाकुबेंसीस्थित अडिट १ को टनेलमा नेपाली सेनाको टोलीले टनेलको २ सय मिटर आसपासको इलाकामा ड्रोनमार्फत रेकी गरी खोजी कार्य गरेको तर केही पनि फेला नपरेको बताएको छ ।

त्रिशूली ३ एको पावर हाउस तथा टनेल इलाकामा पनि संयुक्त टोलीमार्फत खोजी भइरहेको छ । त्रिशूली ३ बीमा पनि खोजी जारी रहेको सेनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?