+
+
Shares

रसुवा बाढी : प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब  २३ करोड 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ जम्मा भएको छ।
  • आज साँझ ५ बजेसम्म विभिन्न नौ बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ जम्मा भएको कार्यालयले जनाएको छ।
  • कोषका दुई बैंकको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ।
  • भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपीडितलाई कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।

२६ भदौ, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ जम्मा भएको हो।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ।

राहत कोषबाट भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?