Comments Add Comment

नेपाली जनप्रगतिशील मोर्चा कतारको छैठौं अधिवेशन सम्पन्न

दोहा । विप्लव नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारको छैठौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले २७ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ ।

नयाँ कार्य समितिमा भक्तबहादुर शाही अध्यक्षमा सर्वसम्मतले चयन भएका छन् । त्यस्तै ३ जना उपाध्यक्षमा राम कुँवर, जयकिशोर पोद्दार र धनबहादुर भण्डारी चयन भएका छन् । महासचिवमा राजेश ओली चयन भएका छन् । त्यस्तै सचिवमा विवेक मल्ल र कोषाध्यक्षमा साजन गुरुङ चयन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो कार्यालय सचिव खगेश्वर केसी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाली संघीय समाज कतार सहअध्यक्ष हिराधन राईको पनि उपस्थिति थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो कार्यालय सचिव केसीले राज्य नै दलाल र माफियाहरुको पक्षमा रहेकाले युवा वर्गले दुःख पीडा भोगिरहनु परेको दावी गरेका थिए । साथै उनले यस्ता समस्या समाधानको लागि नयाँ बैज्ञानिक समाजवादी ब्यवस्थामा जानु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment