Comments Add Comment

२४ बर्षपछि सनीले खोले साहरुखसँगको दुश्मनीको राज


नायक सनी देओल अहिले आफू निर्मित तथा अभिनित चलचित्र ‘पोष्टर ब्वाइज’को प्रचारमा व्यस्त छन् । यो चलचित्रको प्रचारको क्रममा उनले नायक साहरुख खान र यशराज ब्यानरसँगको आफ्नो दुश्मनीको कारण खुलाएका छन् ।

२४ बर्ष अगाडि घटेको एक घटनाका कारण साहरुख र सनीविचको सम्बन्ध जहिले पनि टकराव अवस्थामा रहेको थियो । सोही घटनापछि उनले साहरुख र यशराज ब्यानरसँग कहिले पनि काम गरेनन् । उनले भने-‘चलचित्र ‘डर’को छायांकनको समयमा मलाइ यश चोपडाले कहिले पनि यो बताएनन् कि, उनले चलचित्रमा खलपात्रलाइ हाइलाइट गर्दैछन् ।’

यो चलचित्रमा नायक साहरुख खानले भिलेनको भूमिका निर्वाहा गरेका थिए । सनीले भने-‘हाम्रो यो बाहेक अरु बिषयमा कुनै पनि झगडा छैन । मैले सधै नै खुल्ला हृदयले काम गरेको छु । म निर्देशकको भरोसामा काम गर्छु । धेरै कलाकारले यसरी काम गर्दैनन् । उनीहरु चलचित्रमा हिरोइज्म खोज्छन् ।’

‘डर’ चलचित्रमा भिलेन बनेका साहरुख एकलौटी रुपमा छाएपछि सनी निराश बनेका थिए । यसपछि, उनले यश चोपडाले आफूलाइ धोका दिएको भन्दै कहिले पनि उनी र साहरुखसँग काम गरेनन् । उनले यश चोपडा आफ्नो शब्दमा अडिग नरहने गरेको समेत आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment