Comments Add Comment

लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

२४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुलमाथि शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले २४ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो ।

३७ औं मिनेटमा बल कलेक्ट गर्ने क्रममा सिटीका गोलकिपर इडर्सनको अनुहारमा खुट्टाले लाग्दा मानेले रातो कार्ड पाए ।मानेको प्रहार यति जोडदार थियो कि सिटीका गोलकिपर इडर्सन घाइते भएर मैदान छाडे ।

पहिलो हाफको अन्तिममा जेसिसले गोल गर्दै घरेलु टोली सिटीलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि सिटी हावी भयो । ५३ औं मिनेटमा जेसिसले व्यक्तिगत दोस्रो गोल गरे । उनको स्थानमा मैदान प्रवेश गरेका सनेले ७७ औं र खेलको अन्तिममा गोल गरेपछि म्यानचेष्टर सिटी बलियो टोली लिभरपुलमाथि ५-० को जित निकाल्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment