Comments Add Comment

राष्ट्रिय फुटसल लिगको उपाधि शंखमुललाई

२५ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय सहभागिताका लागि राष्ट्रिय टिम निर्माण गर्न आयोजना गरिएको राष्ट्रिय फुटसल लिगको उपाधि शंखमुल फुटसल क्लबले जितेको छ ।

आइतबार भएको फाइनलमा शंखमुलले किक अफ फुटसललाइ ५-४ गोलले हरायो । बाँसबारीमा भएको रोमाञ्चक खेलमा अग्रता भने किक अफले लिएको थियो । उसका लागि १५ औं मिनेटमा सुमन डंगोलले गोल गरेका थिए ।

तर त्यसको दुई मिनटे पछि नै शंखमुलका सुरज राउतले बराबरी गोल फर्काए । २० औं मिनेटमा अभय रानाले शंखमुललाइ दुइ एकको अग्रता दिलाए । त्यसको एक मिनेटमा सुजलले ब्यक्तिगत दोस्रो गोल गर्दा शंखमुलले किक्स अफ विरुद्धको दुरी तीन एकमा पुर्‍यायो ।

लगत्तै अनिस श्रेष्ठले अर्को गोल थपे । किक अफका लागि २३ औं मिनेटमा मणि लामा र २९ औं मिनेटमा सुमनले गोल गर्दै शंखमुल संगको दुरी कम गरे । ३६ औं मिनेटमा निर्मल गुरुङले शंखमुलका लागि पाँचौ गोल गरे ।

४० औं मिनेटमा रजिन पान्डेको गोल मार्फत किक अफले खेलमा र्फकने प्रयास गरेको थियो । तर सफल हुन सकेन ।

विजेता शंखमुलले पाँच लाख पुरस्कार प्राप्त गर्दा उपविजेता किक अफले दुई लाख ५० हजारमा चित्त बुझायो ।

यो प्रतियोगिता इरानमा हुने एएफसी फुटसल छनौट खेलका लागि नेपाली राष्ट्रिय टोली निर्माणको प्रमुख आधार हो ।

तस्वीरः गोलनेपाल डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment