+
+
Shares

१ घण्टा घेरिए गभर्नर नेपाल, ३० वर्षे सेवा अवधि राख्नुपर्ने संघको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते १२:१४


२६ भदौं, काठमाडौं । राष्ट्र बैंकमा ३० वर्षे सेवाअवधिको प्रावधान हटाउन लागिएको भन्दै कर्मचारीहरुबाट भइरहेको बिरोध अन्तरगत सोमवार गभर्नर डा. चिरञ्जीवि नेपाललाई कर्मचारीहरुले घेराबन्दी गरेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले गभर्नर नेपाललाई घेराउ गरेका हुन् । ११ वर्षअघि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्र बैंक लगायत अन्य केही ठुला सरकारी बैंकमा लागु गरिएको ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन राष्ट्र बैंकका उच्च अधिकारीहरु नै लागेको भन्दै कर्मचारीहरुले बिरोध गर्दै आएका छन् ।
‘राष्ट्र बैंकमा पुराना कर्मचारीलाई अवकास दिएर नयाँ कर्मचारी ल्याउदा खर्च बढ्छ भन्ने हो भने पनि त्यसको तथ्यबाट पुष्टि हुनुपर्दछ,’ संघका महासचिव राजिव शर्मा रेग्मीले भने । उनले राष्ट्र बैंकमा रहेका पुराना कर्मचारीको क्षमता र नयाँ आउनेको क्षमता लगायत सबै आधारमा कुन जनशक्ति राख्दा राष्ट्र बैंकलाई बढि भार पर्छ भन्ने पनि तथ्य आउनु पर्ने बताए ।

संघले विनियमावली संशोधनको लागि बनेको समितिमा युनियनको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । विनियमावली संशोधनको लागि गठन भएकै समितिको औचित्य माथी पनि कर्मचारीहरुले प्रश्न उठाइरहेका छन् । जनशक्ति व्यवस्थापन बिभागमा यही कारण ल्याइएको आरोप खेपिरहेका निर्देशक डा.गोपाल प्रसाद भट्ट समेत अवकाश प्राप्त गर्ने क्रममा रहेका छन् ।

सोमवार शाखाका कर्मचारीहरुले पनि शाखा निर्देशकको कार्यालय एक घण्टा घेराउ गरेका छन् ।

याे पनि पढाैं ः  हट्ने भयो राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि !

राष्ट्र बैंकमा सेवा अवधिको विवाद लम्बिँदै, नियमावली संशोधन अनिश्चित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?