Comments Add Comment

किरण लिम्बु उत्कृष्ट पुरूष खेलाडी घोषित

२६ भदौ, काठमाडौं । फुटबलर किरणकुमार लिम्बु वर्षका उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।

पल्सर स्पोर्ट्स अवार्डअन्तरगत उत्कृष्ट खेलाडीको अवार्ड राष्ट्रिय टोलीका गोलरक्षक किरणले जितेका हुन् । किरण विदेशमा रहेकाले आमालाई अवार्ड प्रदान गरिएको छ ।

यो अवार्डका लागि उनीसँगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषावकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए ।

व्याडमिन्टनकी नङसल तामाङ उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment