Comments Add Comment

५३ प्रतिशत मत खस्यो, मतदान जारी

२ असोज,काठमाडौं । प्रदेश नं. २ मा जारी मतदानमा दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा ५३ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ आयोगले जनाएको छ ।

आज साँझ ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment