Comments Add Comment

सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता पोखरामा


४ असोज, पोखरा । पोखरामा सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । असोज २१ गतेदेखि २८ गतेसम्म सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

त्रिशक्ति समाज सेवा क्लब पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ ले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिएको हो ।

‘स्वास्थ्य र खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेतालाई नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

बिजेतालाई प्रदान गरिने २ लाख राशी सेभेन ए साइड फुटबल प्रतियोगिताकै सबैभन्दा धेरै राशी भएको दाबी गरिएको छ । यो पोखरा मात्रै नभई प्रदेश नम्बर ४ कै सबैभन्दा धेरै राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता भएको क्लबका अध्यक्ष बासु जिसीले दाबी गरे ।

प्रतियोगितामा अनुशासित टिम, सर्वोत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्तालाई पनि नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका खेलकुद संयोजक मिलन गुरुङले बताए ।

प्रतियोगितामा करीब ३० टिम सहभागि हुने आयोजकको अनुमान छ । प्रतियोगितामा टिम दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिता सञ्चालन गर्न ६ लाख ६५ हजार खर्च हुने आयोजकको अनुमान छ भने प्रतियोगिताबाट ९ लाख ७० हजार संकलन गरी ३ लाख ५ हजार बचत गर्ने लक्ष्य राखिएको क्लबका अध्यक्ष बासु जिसीले बताए । बचत रकम क्लबको भवन निर्माण तथा खेल गतिविधिसँगै सामाजिक कार्यमा खर्च गरिने जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment