Comments Add Comment

संसद र प्रदेशको फरक मतपत्र माग गर्दै परेको रिट फिर्ता


४ असोज, काठमाडौं । संघीय संसद र प्रदेशसभामा फरक फरक मत पत्र कायम गर्नु पर्ने माग गर्दै परेको रिट सर्वोच्च प्रशासनले फिर्ता गरिदिको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ फरक-फरक गरी चार मतपत्र कायम गर्न माग गर्दै राजपा नेता सर्वेन्द्रनाथ शक्लाले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

तर, सर्वोच्चका मुख्य रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने र एउटै मतपत्रमा गर्ने निर्वाचन आयोगको निर्णयको प्रतिलिपी पेश नभएको भन्दै निवेदन फिर्ता गर्ने निर्णय सुनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment