६ असोज, महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा राजपाका हरिप्रसाद मण्डल ३४०३ मतका साथ मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि राजपाकै शिबो देवि ३१७० मतका साथ विजयी भएकी छन् ।
मेयरका प्रतिद्वन्दी एमालेका मो. मुजिबुल रहमानले १५९७ मत ल्याए भने कांग्रेसका जुमैदा खातुनले १६५० मत पाएका छन् ।
यस्तै महोत्तरीकै बलवा नगरपालिकामा मेयरमा कांग्रेसका बिनोदकुमार यादव ३६६१ मतका साथ बिजयी भएका छन् । उपमेयरमा भने राजपाकी रीतादेबी झा ३८३६ मतका साथ विजयी भएका छन् ।
मेयरका प्रतिस्पर्धी राजपाका रामबिजय महतोले ३४९६ मत ल्याए भने उपमेयरका प्रतिस्पर्धी कांग्रेसकी रामदुलारी देविले ३७३७ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4