Comments Add Comment

लालीगुराँस सहकारीले बुझायो पौने पाँच करोड राजश्व


८ असोज, काठमाडौं । पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलेसरकारलाई ४ करोड ७१ लाख ९९ हजार ९ सय ६४ रुपैया राजश्व बुझाएको छ ।

समग्र सहकारी संस्थाहरुमा नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा यो संस्था अग्रणी स्थानमा रहेको संस्थाले दाबी गरेको छ ।

सहकारीको १९ औं वाषिर्क उत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको समग्र विकासको लागि यस संस्थाले आगामी वर्षमा थप नयाँ योजनाहरुमा लगानी गर्दै लैजाने संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले बताए ।

ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ वटा सदस्य सुविधा काउण्टर सञ्चालन गरेको यस संस्थाले आव ०७२/०७३ मा ६ करोड ६६ लाख ६९ हजार २ सय १३ रुपैया खुद मुनाफा आर्जन गरेकोमा आ.व. ०७३/०७४ मा ७ करोड ७७ लाख १६ हजार ९ सय ६० रुपैया खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा मुनाफामा १६ दशमलब ५७ प्रतिशतले बृद्धी भएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा मुख्य लगानीमा संचालित श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।

त्यसैगरी संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटल प्रालिमा प्रत्येक महिनाको १ पटक निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने ब्यबस्था गरेको छ ।

संस्थाले बहुउद्देश्यीय लगानीतर्फ स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि., शिक्षातर्फ काठमाण्डौंकाे नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि,  उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि., डेरी परियोजनातर्फ चितवन खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी सन्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment