Comments Add Comment

पार्टी प्रवेश गरेकै दिन माओवादीले दियो धिताललाई टिकट

कर्णालीको समृद्धि माओवादीको प्राथमिकता-प्रचण्ड

८ असोज, जुम्ला । नेमकिपा परित्याग गरी माओवादीमा प्रवेश गरेका पुराना नेता पूर्णप्रसाद धिताल प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने पक्का भएको छ ।

आइतबार माओवादी केन्द्रमा प्रवेश गरेकै दिन धिताललाई माओवादीले जुम्ला जिल्लामा प्रदेशसभाका लागि टिकट दिने घोषणा गरेको हो । माअोवादीले धिताललार्इ उम्मेदवार बनाउने घोषणा गरेपनि कुन क्षेत्र भन्ने खुलाएको छैन ।

७५० जनासहित माओवादीमा प्रवेश गरेका धिताल ३२ वर्षसम्म नेमकिपामा रहेर केही दिन अघि मात्रै राजीनामा दिएका थिए ।

धितालले स्थानीय तहको निर्वाचनमा जुम्लाको सिँजा गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेससँग थोरै मतान्तरले पराजित भएका थिए ।

आइतबार दिउँसो जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा धिताल माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सोही कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीकै जोडले ६ नं. प्रदेश बनेको भन्दै कर्णाली र समग्र प्रदेशको विकास माओवादीको प्राथमिकतामा भएको बताए ।

प्रचण्डले माओवादी कै नेतृत्वमा कर्णालीलाई समृद्ध बनाइने बताए । ‘कर्णालीको विकास आयोग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं,’ प्रचण्डले थपे,’नाग्चे-लाग्ना नाका खोल्न चीनसँग कुटनीतिक पहल गरिरहेको छु । नाग्मा-गम्गडी सडक कालोपत्रे गरिनेछ । कर्णालीको स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment